नव नायिका निरिशा बस्नेत

नव नायिका निरिशा बस्नेत

करिब ४ वर्ष अघि सौदर्यताको प्रतिस्प्रधी अर्थात बिउटीप्याजेन्टको  बिजेताको उपाधि जित्दै  हाल काठमाडौँको सिनामंगलमा बन्दै आईरहेकी निकै चर्चित अनि लोकप्रिय सफल पुराना चलचित्रहरु  अन्याय, सिन्दुर, नाता का लिड कलाकार विश्व बस्नेतको कान्छी छोरी निरिशा बस्नेत यति बेला नेपाली चलचित्र छेत्रमा एक नव कलाकारको रुपमा भित्रिदै गरेकी छिन । सानै देखि कलाकारितामा रुचि अनि लगावका साथै पारिवारिक माहोल पनि कलाकारितामार्फत नै सफल जीवन बाच्दै आईरहेकोले पनि निरिशामा कलाकारिताप्रति रुचि रहेको छ । 

                                                                 

 

प्रदर्शनको तयारीमा रहेको  चलचित्र  ‘जानी नजानी ’ मार्फत ठुलो पर्दामा देखा पर्दै गरेकी नव नायिका निरिशा बास्तबमै निकै सरल,सुन्दर अनि मेहनातिला छन । रुप ,बोलि अनि स्वभाव निकै असल भएकी निरिशा यहि कलाकारिता छेत्रमै आफुलाई सफल बनाउन चाहना राख्छिन । यहि चाहना अनि लगावलाइ परिपूर्ति गर्नको लागि पनि उनि निकै मेहनत गर्छिन र करिब २ बर्ष अघि आफ्नो परिवार र जन्मथलोबाट टाढा अध्यनको शिलशिलामा भारतको मुम्बईमा पुगिन र त्यहि बस्दाको क्रममा उनले आफ्नो जीवनको पहिलो अनि आत्मखुसी र आत्मबललाइ अझ कलाकारितामा सहज र हिम्मत दिने गरि चर्चित हिन्दि टिभी च्यानलको स्टारप्लसमा आउने एक सिरियल  ‘ चन्द्रनन्दनी  ’मा रानीको छोरीको रुपमा त्यो नि भिलेनको रुपमा उनले अभिनय गर्ने मौका पाए र त्यहि सिरियल्कै आधार र पिता विश्व बस्नेतको लोकप्रियताको कारण केहि दिनको छुट्टीमा नेपाल तथा घर आउदा उनले जानी नजानी चलचित्रमा अभिनय गर्ने मौका पाएको उनको भनाई रहेको छ  । 

                                                                   

 

सानै देखि अभिनयमा रुचि र पिता विश्व बस्नेतले सिनेमा जगतको कार्यक्रम तथा विभिन्न अवार्ड कार्यक्रमहुरुमा समेत लागि गरेकोले उनलाई अझ अभिनयमा रुचि बढेको उनले आफ्नो कुरा बताउनछिन   । उनलाई चलचित्र  ‘जानी नजानी ’  मा लिईसकेपछि पनि केहि चलचित्रहरुको अफर आएको तर समयको अभाव अनि कहिले कथाको कारणले पनि उनले नगरेको बताउछिन र अन्तिम पटक उनलाई एक हरर नेपाली चलचित्रमा समेत अभिनयको अफर आएको र समयको अभावले उनले गर्न नसकेको दुखेसो समेत बताउछिन  ।  आफुले गरेको यस नया अनि पहिलो ठुलो पर्दाको चलचित्र जानी नजानी बाट निकै आशा रहेको उनको भनाई रहेको छ र उनि यस चलचित्र गर्न पाउदा निकै खुसि रहेको र बिशेष धन्यवाद पिता विश्व बस्नेतलाइ दिन्छिन किन कि आज उनि चलचित्रमा आफु अभिनय गर्न पाएको नै पिताको कारण र चिनजानले हो भन्छिन र आगामी कुनै चलचित्रमा यहि समयले साथ दियो भने यदि चलचित्र गर्न परे आफ्नै पिताको छोरीको रुपमा पर्दामा पनि देखिनु पाउ  भन्ने उनको चाहना समेत रहेको छ  ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

गायक कमल रसाईली

  • २९ पौष, २०७५

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि

नव गायिका प्रज्ञा लामा

  • १९ पौष, २०७५

जय गीत ,जय संगीत भन्ने उखानलाइ निकै मन र आत्माले सम्मान गर्ने गायिकामा एक हुन् नव गायिका प्रज्ञा लामा  । पारिवारमा प्राय सबै सदस्य संगीत प्रेमी अनि

ad