चलचित्र ‘पुरानो बुलेट’ नेपालमा रिलिज अगावै हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको छ ।

भिषण राईको निर्देशन रहेको ,अनुपबिक्रम शाही स्टारर चलचित्र  ‘पुरानो बुलेट’ आउदो चैत्र १ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेको छ भने  हाल पोष्ट प्रोडक्सनको कार्यमै रहेको यस चलचित्र नेपालमा रिलिज अगावै पहिले विदेशमा अर्थात् निर्माण टिमले चलचित्र हङकङमा वर्ल्ड प्रिमियर हुने पक्का भएको जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार आगामी फेब्रूअरी २३ तारिख साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा चलचित्रको पहिलो प्रदर्शनी हुने भएको छ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने भनिएको यस चलचित्रको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

 

चलचित्रमा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा रहेका छन् भने यी  तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय रहेको  छ । हरी घले लामाले खिचेको यो यस चलचित्र मार्फत निर्देशनमा भिषण राईले डेब्यू गरेका  हुन्  । चलचित्रमा  सन्तोष राई कार्यकारी निर्माता रहेको छ भने  निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु रहेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न

  • ९ असार, २०७६

चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न भब्यताको साथ् सम्पन्न भएको छ । चलचित्र निर्देशक समाज

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष गीत पुरस्कार

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न कार्यक्रममा गीतकार डा. डीआर उपाध्यायलाई

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

  • ९ असार, २०७६

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भएको छ ।  यो वर्षको राष्ट्रिय स्रष्टा