रिलिज नहुदै निकै चर्चामा रहेका चलचित्र ‘आरुसी ‘ का डेब्यु नायक इशक राई शुटिङ्गको लागी अस्ट्रेलिया जादै

केहि दिन अघिमात्र छायांकन सम्पन्न भएको चलचित्र ‘आरुसी ‘ रिलिज नहुदै निकै चर्चामा आएको नायक इशक राई शुटिङ्गको लागी अस्ट्रेलिया जादै  छन् । प्राप्त जानकारी अनुसार  इशक राई अर्को नया गीतको शुटिङ्ग गर्नको लागी ऑस्ट्रेलिया जान लागेको जानकारी दिपेका छन ।  सम्भवत छायांकनको लागि अस्ट्रेलिया गइ रेहको गीत  चलचित्र आरुसीमा समेत रहन सक्ने कुरा पनि जानकारी प्राप्त भएको छ । चलचित्र आरुसी बाट पर्दामा आउदै गरेको नव नायक इशक राई यति बेला चलचित्र छेत्रमा सबैको नजरमा छन् । 

 

नेपाली चलचित्र छेत्रमा धेरै पछी निकै आशा गरेको कलाकार तथा नायकको जन्म भएको छ भन्दा फरक पर्दैन । नायक इशक राई यति बेला चलचित्र रिलिज नहुदै हजारौको ढुकढुकी बन्दै गएका छन् । झट्ट हेर्दा कोरियन लुक्सका र निकै चकलेटी अनुहार भएका नायक इशक राई सोहि कारणले गर्दा पनि सबैको नजरमा परेका छन ।

 

 

निर्देशक उदय सुब्बाद्वारा निर्देशित चलचित्र ‘आरुसी’ मा ईशक मुख्य नायकका रुपमा रहेका  छन् ।चलचित्रमा  इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस फिल्मका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रमा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चलचित्र ‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

  • २ माघ, २०७५

चलचित्र ‘गरुड पुराण’ लाइ सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । पिजी सर्टिफिकेटका कारण यस चलचित्र  हेर्न १६ बर्षमुनीका दर्शकले अभिभावकको साथ

लोकप्रिय गायिका शान्ति श्री परियार दुर्घटनाको सिकार

  • २ माघ, २०७५

लोकप्रिय गायिका शान्ति श्री परियार हिजो दुर्घटनामा परेकी छन् । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कँदै

आयुश्मान र शिल्पाको ‘सानो मन’ निर्माण घोषणा

  • २ माघ, २०७५

आयुश्मान देशराज जोशी र शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्र `सानो मन  ´  को हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी  निर्माण घोषणा गरिएको