गायक कमल रसाईली

गायक कमल रसाईली

पुर्ब झापाको मेचीनगरको सिर्जना चोकमा जन्मेका एक युवा गायक हुन् कमल रसाईली ।  सानै उमेर देखि गीत संगीत अनि गायनमा रुचि भएका होला अहिले जता ततै अनि चलचित्रका गीतहरुमा पनि गायक कमलको नाम जोडिएको हामी सुन्न अनि देखिन थालेका छौ  ।  केहि स्टेज प्रोग्राम अनि रेस्टुरेन्ट तथा क्लबहरुमा गीतहरु गाउदै आफुलाई झन् गायनमा पोख्त बनाउदै आएका गायक कमल रसाइली अहिले नेपाली संगीत अनि गायन विधामा कुनै नौलो नाम भने पक्कै होइन  ।  

 

उनले अहिले सम्ममा धेरै भन्दा धेरै गीतहरुमा आफ्नो आवाज भरिसकेका छन भने केहि गीतहरु दर्शक माझ नेपाली बजारमा सार्वजनिक समेत भैसकेका छन  ।  उनको अनुसार उनले गाएका गीतहरु सार्वजनिक त् भैसके तर केहि को म्युजिक भिडियो नबनेका कारण उनलाई कमैले मात्र चिन्ने गर्दछ  ।  जस्तै पागल पागल बोलको गीत ,पूर्व राम्रो,  झम्के  माया जस्ता गीतहरु निकै चर्चामा समेत रहेका थिए भने उनलाई धेरै भन्दा धेरै चलचित्रको गीतहरुमा समेत प्रस्ताब आईरहेको उनको भनाइ रहेको छ  ।  गायनसंगै संगीतलाई पनि आफ्नो भबिष्यको आधार र बाटो सम्झेका कामल रसाइलिको बास्तबमै निकै सुमधुर अनि मोहक आवाज रहेको छ  ।  उनि आफु मात्र गाउने होइन उनले अहिले काठमाडौँमा बसेर आफ्नो जीवन अनि संगीत प्रतिको लगावलाइ अगाडी बढाउदै उनले केहि बर्ष यता संगीत क्लास अनि संगीतलाइ नै आधुनिक प्रविधिको साथ अनलाईन क्लासहरु दिदै आईरहेक छन  ।  उनले अहिले सम्ममा ३०/४० भन्दा बढी गीतहरुमा संगीत भरिसकेका छन भने उनले लिम्बु भाषाको गीतमा पनि संगीत भरेका छन  ।  

 


गायक कमल रसाइलीको अनुसार अहिले सम्म दर्जनौ गीत गाईसके र केहीको म्युजिक भिडियो समेत रिलिज गरिसके तर एल्बम नै भनि दर्शक श्रोतामाझ नल्याएको उनको भनाई रहेको छ उनि अहिले आफ्नो पहिलो एल्बम सोलो एल्बम निकाल्ने तयारीमा समेत रहेको बताउछन र साथै उनि अहिले बिशेष त् एउटा डान्स गीतको म्युजिक भिडियो निकाल्ने तयारीमा रहेको छ  ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नव मोडल मदन घर्ति

  • ५ बैशाख, २०७६

पछिल्लो समय अभिनय तथा कलाकारिता क्षेत्रमा निकै व्यक्तिहरुको रुचि बढ़दै गईरहेको छ । सामान्यतया पढाई संगसंगै खेल,शिप अनि अनि विभिन्न क्षेत्रमा विभिन्न

लोक गायिका लक्ष्मी तामाङ

  • ५ चैत, २०७५

लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन

नव नायिका निरिशा बस्नेत

  • २५ पौष, २०७५

करिब ४ वर्ष अघि सौदर्यताको प्रतिस्प्रधी अर्थात बिउटीप्याजेन्टको  बिजेताको उपाधि जित्दै  हाल काठमाडौँको सिनामंगलमा बन्दै आईरहेकी निकै चर्चित