Skip This

मिलन नेवारको चौँथो एल्बम सार्वजनिक

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बहुचर्चित गायिका मिलन नेवारको चौँथो एल्बम 'मिलन यात्रा' र पाचौँ एल्बममा समावेश 'मन रेशम' बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । माननिय गृहमन्त्री राम बहादुर थापा 'बादल'को प्रमुख आतिथ्यतामा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका मिलनका माता-पिता लगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको उक्त एल्बममा कुल सात गीत समावेश छन् जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

 

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ । सोही कार्यक्रम मार्फत उनले 'सिङ्गिङ फर सोसाइटी' भन्ने उदेश्य सहित 'मिलन च्यारिटी फाउण्डेसन'को सुरुवात समेत गरेकी छिन् । आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता 'शहिद स्मृति आवासिय माध्यमिक विद्यालय' इटहरीमा केन्द्रित गर्ने छिन् ।  

गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-संगीत पौरखी भएको बताएका थिए । उनले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिएका थिए । गृहमन्त्री थापाले नेपाली कला र संस्कृतीको क्षेत्रमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका थिए । कला र संकृतीको क्षेत्रमा निश्चित मापदण्ड बनाएर सांकृतिक सभ्यतालाई अर्को उचाईमा पुर्याउनु पर्ने उनको भनाई थियो । त्यसका लागि सरकारको तर्फबाट निती नियम तर्जुमा गर्न लागिएको उनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको