को हुन् त् युबराज केशरी ?

काठमाडौँ । सन् २०१४ मा मिस्टर वीरगञ्जको विजेता भएपछि उनको मोडेलिङ्ग यात्राको औपचारिक सुरुवात भयो । त्यसपछि २०१८ सम्म आइसक्दा नेपाली मोडेलिङ्ग उधोगमा युवराज, स्थापित भइसकेका छन् । २०१४ पछि वर्षै पिछे उनले मोडेलिङ्ग उधोगमा नयाँ कामहरुको थालनी गरे । चाहे म्युजिक भिडियोमा अभिनय होस् अथवा सबल ईभेन्ट म्यानेजमेन्ट ।

 

२०१४ मा उनी मिस्टर वीरगञ्जको विजेता भए, २०१५ मा म्युजिक भिडियोमा डेब्यु गरे, २०१६ मा लस्करै भिडियोहरुमा अभिनयसँगै उनले ईभेन्ट म्यानेजरको रुपमा डेब्यु पनि गरे, २०१७ मा सर्ट मुभी म्युजिक भिडियो र चलचित्रमा डेब्यु र २०१८ मा उनी अभिनित चलचित्र  यो माया कस्तो माया रिलिज हुँदैछ । समग्रमा हेर्दा २०१४ मा युवराजको जिवनमा अभिनयले ईन्ट्रि गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत