Skip This

पाँचौं संस्करणको स्टन्डप कमेडी सम्पन्न

पाँचौं संस्करणको स्टन्डप कमेडी सम्पन्न भएको छ । नेपाली हास्य व्यङ्ग्यका पितामह ‘मह’का मदनकृष्ण श्रेष्ठ तथा सर्वप्रिय सदाबहार कलाकार किरण केसीको विशेष उपस्थितिमा लोकप्रिय गायकद्वय सत्य राज आचार्य, स्वरुप राज आचार्य, नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा NepGasmले आफ्नो पाँचौं संस्करणको स्टन्डप कमेडी कमेडी सम्पन्न गरेको हो । NepGasmका डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारी बेग्ला बेग्लै प्रस्तुतिमा राजनीति, समाज, दोस्ति यारीका अनेक किस्सा अनि व्यङ्ग्यले राष्ट्रिय सभागृहमा भरीभराउ पाँचसय बढी युवाहरुको ताली, हाँसो र खित्काले हलको स्थिति भूईंचालो भन्दा कम थिएन ।

                                 

डोरेस खतिवडाबाट प्रारम्भ भएको यस स्टन्डप कमेडीको समापन ‘रमेश अंकलको छोरो’ पात्र उपनामले परिचित लेखमणी त्रितलको प्रस्तुतिबाट सम्पन्न भएको थियो । यसअघि देशका धेरै ठाउँमा तथा यूट्यूब च्यानलबाट निरन्तर आफ्नो व्यङग्यात्मक प्रस्तुति दिंदै आएका कलाकारहरु नेपाली हास्य व्यङ्ग्यका विशिष्ठ व्यक्तित्व मदनकृष्ण श्रेष्ठको सामू आफ्नो कला प्रस्तुत गर्न पाउँदा हर्षित देखिन्थे । डोरेस खतिवडाको प्रस्तुति लगत्तै NepGasm का पाँचैजना कलाकारहरुले दुवै मूर्दन्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसीको योगदानका लागि सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि कलाकार किरण केसीले दर्शकहरुको अपार उपस्थिति र नयाँ कलाकारहरुको काम देखेर सार्ह्रै हर्षित भएको र नेपाली हाँस्यव्यङग्यको डोरी नयाँ पुस्ताले मज्जाले हाँक्नसक्ने कुरा व्यक्त गरे ।

                                

 

उपस्थित दर्शकहरुको सम्मानमा उनको अघिल्लो चलचित्र शत्रुगतेको सुपरहिट गीत रुपै मोहनी र पातलीलाई नक्कलीलाई कसरी बे गरुँ गीत मज्जैले गाईदिए भने भर्खरैमात्र मह सञ्चारको प्रस्तुतिमा सार्वजनिक भएको सुदन केसीद्वारा निर्देशित किरण केसीको आगामी चलचित्र ‘दालभात तरकारी’को पहिलो गीत ‘भिजिट भिसामा’लाई मनपराउनुभएकोमा धन्यवाद समेत ज्ञापन गरे । सम्मान ग्रहणपछि आफ्नो मन्तब्यको क्रममा मदनकृष्ण श्रेष्ठले ‘मैले त यो सम्मान कलाकारहरुलाई मैले पो दिने होला भन्ठानेको त मलाई पो सम्मान गरे त ! तरिका हो ? भन्दै डोरेशकै कमेडी पञ्च सापट लिएपछि हलमा फेरी एकपटक हाँसोको फोहोरा छुट्यो । कलाकार सरोज भण्डारी (झक्कास झापाली)ले आफ्नो प्रस्तुतिका दौरान दर्शकहरुलाई आफूहरुले त अहिले प्राईमरी कक्षा सञ्चालन गरीरहेका छौं उहाँहरु (मदनकृष्ण श्रेष्ठतर्फ देखाउँदै) त साक्षात युनिभर्सिटि हुनुहुन्छ । यहाँको आशिर्वाद सहितको गरिमामय उपस्थितिले हामीलाई अघि बढ्ने हौसला मिलेको छ भने ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।

  • ८ फाल्गुण, २०७५

मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको