हप्ता दिन अघि राजधानीमा एक कार्यक्रमको योजना गरि चलचित्र पत्रकार तथा चलचित्र कर्मीहरुको बिच सार्वजनिक गरिएको चलचित्र यात्राको टिजर युट्युबमा रिलिज गरिए संगै ट्रेण्डिङ्गमा बस्न सफल भएको छ । छायांकनमा गए देखि कुनै पनि केहि दृश्य तथा चलचित्रमा समाबेश कुनै पनि बिषयबस्तु लाइ दर्शकमाझ सार्वजनिक नगरी एकैछोटी टिजर सार्वजनिक गरिएको हो । प्रेमलाइ बिशेष कथामा प्रस्तुत गरिएको यस चलचित्रको टिजरमा सलिनमान बानिया र सलोन बस्नेत फिचरमा देखिएका छन भने सलोन टिजरमा निकै भयानक लुकमा प्रस्तुत भएका छन ।
लभ जर्नी स्टोरी भनिएको यस चलचित्रमा सलिन, सलोन र मल्लिकासंगै जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्माको साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको अभिनय रहेको छ भने चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहेको यस चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा संजय लामाको छयांकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् ।
सामाजिक संजाल फेशबुक र युट्युबमा मात्र होइन जता ततै भाईरल धादिङ्गकि कमला घिमिरेको नया गीत तथा पहिलो रेकर्डिङ्ग गीत ';चिया छानेको ' को म्युजिक भिडियो
योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ को म्युजिक भिडियो दर्शक श्रोताहरुको माया र साथ बटुल्दै अहिले युट्युबको ट्रेण्डिङ्गमा
युवा पप गायक सचिन रौनियारको "कु कु कु " बोलको गीत युट्युबको ट्रेण्डिङ्ग ८ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक भएको केहि दिनमै दर्शक श्रोता तथा
प्रतिकृया दिनुहोस