चलचित्र विकास वोर्डकी अध्यक्ष पौडेलले दिइन् राजीनामा

 चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा दिएकी छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै उनले राजीनामा दिएकी हुन् । उक्त स्टाटसमा उनले भनेकी छन् आफु व्याक्तिगत जीवनमा व्यस्त हुनुपर्ने भएको र राज्यको काममा कुनै वाधा नपरोस् भन्दै राजिनामा दिने निर्णयमा पुगेको जानकारी गराइन् ।

हेर्नुहोस् उनले लेखेको स्टाटस जस्ताको तस्तै :  ` भोलि माघ २३ गतेदेखि लागू हुने गरि मैले चलचित्र बिकाश बोर्डको अध्यक्षको पदबाट माननीय मन्त्रीज्यु समक्ष राजिनामा पेश गरेकी छु । ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैंले यो निर्णय लिएकी हुँ । खुल्ला प्रतिस्पर्धा गरि लिखित एवं अन्तर्वार्ताका माध्यमबाट आफ्नो योग्यता प्रस्तुत गरेर अध्यक्ष छान्ने परम्पराको शुरूवाती प्रतिस्पर्धी हुनुको गौरव मिलेसँगै, म मङ्सिर २५,२०७४ मा तत्कालीन मन्त्री परिषद्को निर्णयबाट चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको स्मरण गराउन चाहन्छु । योसँगै नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने गौरव प्राप्त हुनु र नेपाल चलचित्र बिकाश बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाउनु पनि मेरा लागि विशेष अवसर भएका छन् । यस बाहेक,आजसम्म दिइएका सम्पुर्ण जिम्मेवारी मन्त्रालयले तोकेको समय सीमा भित्रै सफलतापुर्वक समापन गरिएको रिपोर्ट सहितको प्रगति विवरण माननीय मन्त्रीज्यु समक्ष आजै बुझाईसकेकी छु।उर्जावान नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई प्रोत्साहन तथा बिशिष्ट आदरणीय चलचित्रकर्मीहरुको सम्मानमा केही उल्लेख्य कामको शुरूवात गर्ने अवसर मिल्यो। यो मेरालागि ठुलो उपलब्धि भएको छ। सम्पुर्ण चलचित्र क्षेत्रको हितकालागि मेरो १४ महिने कार्यकाल पर्याप्त नभएपनि दीर्घकालीन उपलब्धिका कयौं संभावनाका ढोकाहरु खुलाउन मेरो प्रयास महत्वपूर्ण भएको ठानेकी छु। बक्स अफिसका अलावा,नेपाली चलचित्रका गौरवमय इतिहासको रक्षार्थ डिजिटलाइजेशन सहित अभिलेख ब्यवस्थापन,चलचित्र नगरीको अध्ययन, स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुको सम्मेलनको अवधारणा, सन्देश मुलक चलचित्रलाई करमा सहुलियत, बिशिस्ट चलचित्रकर्मीका लागि उपचार लगायतमा सहयोगमा रकम थप, देशका विभिन्न समुदाय, जात जाती, भाषा भाषीहरुका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान लगायतका धेरै कामहरु, केहि सम्पन्न र केही शुरूवात भएका छन्। यो छोटो कार्यकाललाई उपलब्धिपुर्ण बनाउन सहयोग गर्नु भएकोमा माननीय सन्चार तथा सूचना प्रबिधि मन्त्री श्री गोकुल बास्कोटा ज्यु, संचार सचिव ज्यु लगायत सम्पुर्ण मन्त्रालय र नेपाल चलचित्र बिकास बोर्डका सम्पुर्ण परिवार प्रति कृतज्ञता व्यक्त गर्दछु । मुलुकको सेवा गर्ने अवसर पाएकोमा म नेपाल सरकार एवं सम्मानिय प्रधानमन्त्री ज्यु प्रती आभार प्रकट गर्दछु ।

साथै नेपाल सरकारबाट मैंले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पुर्ण तलब बापतको रकम मेरा श्रीमान श्री रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिन चाहन्छु । यो सङै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु । चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि, मेरो नाभीसगै गाँसिएको गौरवशाली चलचित्र क्षेत्रको हितकालागि म सदैव क्रियाशील रहिरहने छु । यस क्षेत्रमा योगदान दिन मलाई कुनै पदको जरुरत पर्दैन । मलाई सदैव प्रोत्साहीत गर्नुहुने मेरा परिवार, आदरणीय चलचित्रकर्मीज्युहरु तथा संचारकर्मीज्युहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ 

चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेलले केहि हप्ता अघि मात्र संचारकर्मी तथा समाजसेवी रबि लामिछाने संग कानुनीरुपले बिबाह गरेकी थिईन र यी दुइको बैशाखमा सामाजिक रुपले बिबाह हुने समेत जानकारी खुलाईएको थियो ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साम्राज्ञीको तस्बिर भाईरल हुदै

  • ३ श्रावण, २०७६

नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समय नेपाल कि नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा

कालीप्रसाद बाँस्कोटामाथि संगीत चोरीको आरोपमा उजुरी

  • १ श्रावण, २०७६

गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ। बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित

शिल्पा पोखरेलले छवि ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकि छिन ।

  • २५ असार, २०७६

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको