कतिको सहि हो बसन्त थापाको लोकदोहोरी प्रतिष्ठानबाटै अलग हुने निर्णय ??

दोश्रो नेपाल आइडल रवि ओडले ‘सालको पात..’ बोलको गीत विगारेको भन्दै असन्तुष्टि जनाएका  संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन्। बसन्त थापाले सोमबार राति आफ्नो फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ। त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु।’

 

                                       

 

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात’ गाएका थिए। तर, उनले गीतको लिरिक्स बिगारेका थिए। अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाएका थिए। त्यसै कुरालाई लिएर आ–आफ्ना शुभ चिन्तकहरुले एक अर्कालाई आरोप प्रत्यारोपको गाली गरे। तयारी बिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको भन्दै रविले बसन्त थापासंग माफी पनि मागिसकेका छन्।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साम्राज्ञीको तस्बिर भाईरल हुदै

  • ३ श्रावण, २०७६

नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समय नेपाल कि नम्बर १ नायिका हुन् भन्दा फरक नपर्ला । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा

कालीप्रसाद बाँस्कोटामाथि संगीत चोरीको आरोपमा उजुरी

  • १ श्रावण, २०७६

गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटामाथि पुनः संगीत चोरी गरेको आरोप लागेको छ। बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित

शिल्पा पोखरेलले छवि ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकि छिन ।

  • २५ असार, २०७६

शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको