चैत्र १ गतेलाइ रिलिज मिति तय गरिएको चलचित्र ‘जानी नजानी’को सार्वजनिक पहिलो गीत ‘एउटीलाई मुटुमा घर' बोलको गीतमा ‘कभर डान्स कम्पिटिसन’ को आयोजना गरेको छ । अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर अर्जुन र दुर्गा खरेलको रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् । यस गीतमा आफ्नो डान्स भिडियो बनाएर पठाएमा उत्कृष्ट हुने पहिलोले ३२ इन्चको रोवा टिभी, दोस्रोले रोवाकै साउण्ड सिस्टम, तेस्रो र चौथोले हुने २ जनाले द कार्टुन क्रिउसँगको तिन महिने डान्स ट्रेनिङ र पाचौ हुनेले कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षको फिल्म डिप्लोमा कोर्स गर्न पाउने छन् । भिडियो कम्तिमा १ मिनेटको हुनु पर्नेछ भने यसलाई फागुन २० गते भित्र पठाईसक्नु पर्नेछ । यस भिडियो कभर कम्पिटिसनको निर्णायकको रुपमा नृत्य निर्देशक नरेश वीर सिंह रहेका छन् ।
प्रतियोगीले भिडियो तयार पारेर जानी नजानीको फेसबुक https://www.facebook.com/JaniNajaniFilm , इन्स्टाग्राम JaniNajani2018 र इमेल आइडी [email protected] मा पठाउन सक्नुहुनेछ । प्राप्त भिडियो मध्यबाट उत्कृष्ट पाचलाई फागुन २५ गते भित्रमै एक कार्यक्रमको विच पुरस्कार हस्तान्तर गरिनेछ ।
आधुनिक प्रेम कथामा आधारित रहेको यस चलचित्रमा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने निर्देशक बसन्त अधिकारी यसै चलचित्र मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्दैछन । चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । संजय लामाको छायाङ्कन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको यस चलचित्रमा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्तामा रोशनी केसी रहेका छन भने चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
नायिका निता ढुंगाना हिजो आज चलचित्रमा कम म्युजिक भिडियोमा देखिन थालेका छ्न भने म्युजिक भिडियोसंगै फेशन शोमा देखिएका छ्न । पछिल्लो समय उनी फरिया
नेपाली चर्चित लोक दोहोरी गायक पशुपति शर्माले सत्ता रुढ दल नेकपाको विद्यार्थी तथा युवा संगठनको दबाबमा भष्ट्राचार विरोधी लोकगीत ‘लुट्न सके लुट’
बिदेशमा नेपाली चलचित्र महोत्सव एवम् बजार प्रवर्धन गर्ने बारे ९ राष्ट्रका लागि नव नियुक्त महामहिम राजदूतहरुको उपस्थितिमा उधोग बाणिज्य महासंघको
प्रतिकृया दिनुहोस