सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको उद्घाटन अभिनेत्री खुश्बु खड्कासँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, समाजसेवी हिराकाजी श्रेष्ठ, एमपी भुसाल, बिक्रम बिष्टलगायतले रिवन काटेर गरेका थिए । कार्यक्रममा अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण हुने बताइन । वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको बिकाशका लागि मन्टेश्वेरीले खेल्ने भुमिकाको चर्चा गरे । व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोषण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उद्देश्यका साथ आफुले मन्टेश्वरी सञ्चालनमा ल्याएको मन्टेश्वरीका संचालक रुश्मी गुरुङले बताइन् । अभिभावकहरु व्यस्त हुँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न गीतसङ्गीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सोनी बनिन् ‘ड्रेस टु इम्प्रेस’को शीर्ष विजेता

  • १२ बैशाख, २०७६

राजधानीको नक्साल स्थित आम्रपाली ब्याङ्क्वेटमा  मंगलबार साँझ ‘ड्रेस टु इम्प्रेस’  डिजाइनर कन्टेस्ट सम्पन्न भएको छ । इन्टरनेशनल इन्स्टिच्युट

भक्तपुरमा किड्स एण्ड टिन फेशन मोडल २०१९ सम्पन्न

  • ११ बैशाख, २०७६

ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९  सम्पन्न भएको छ । किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न

रेश्मा प्रसाईंले जितिन छैठौ संस्करणको "मिस नेपाल पिस अर्थात् मिस नर्स २०१९"को उपाधि ।

  • ९ बैशाख, २०७६

स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज