एउटी आमा जो आफ्नै सन्तानलाइ डस्टबिनमा फाले र अर्कि आमा जो आफ्नै सम्झी पाले...(भिडियो सहित )

करिब ६ महिनाअघि धार्मिक स्थल पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए्को थियो । उक्त बच्चा्लाइ काठमाण्डौको काठमाण्डौ  कुसुम्ती हाईट्मा रहेको एक स्नेही काख नामक सस्थागतरुपमा सन्चालित सस्थाले उपचार गरी अहिले पालन पोषण गरिरहेको छ । ‘नेपाल स्नेही काख’ नामक संस्थाको संस्थापक अध्यक्ष नेहा पोखरेलको भनाइ अनुसार डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, ।उनले जानकारी दिए अनुसार मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो। त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य। अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्। 

 


त्यस सस्थामा केही बच्चा सडकमा भेटिएका र केही मानसिक सन्तुलन गुमाएका महिलाबाट जन्मिएका बच्चाहरु रहेका छन भने दुई जना भने संस्थामै जन्मिएका छ्न । बच्चाहरू्ले श्री नेहा पोखरेललाइ आमा आमा’ भनेर बोलाउ छ्न। त्यस सस्थामा  मानसिक सन्तुलन बिग्रिएका २९ जना महिलाहरु पनि  छन  र सबै महिला हरुले पनि उनीलाइ  आमा नै भन्ने गर्दछन  । त्यि डस्टबिनमा भेटिएका बालकको अर्थात अहिले भबिश्य भनि चिनिने बालकलाइ श्रीपन्चमिको अवसरमा अन्नप्रासन गराएको जानकारी दिएकि हुन । उनि भनछिन  ‘थाहै नपाई पाँच जना बच्चा हुर्काइछु, आफैंलाई पत्यार लाग्दैन’, । संस्थाले मानसिक अवस्था ठीक नभएका १२ जना पुरुषलाई पनि सहारा दिएको छ। मानसिक अवस्था ठीक नभएकाले प्रत्येक दिन केही न केही समस्या दिन्छन्। महिला र पुरुष एकै ठाउँमा राख्न सक्ने अवस्था नभएपछि १२ जना पुरुषलाई बडीखेलको एक होस्टलमा राखिएको छ। उनीहरूको रेखदेख र खानपिन गराउने जिम्मा संस्थाले लिएको छ। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

षडयन्त्र गरि बदनाम गर्न खोजिएको भन्दै नायिका पुजना प्रधान मिडियामा... (भिडियो सहित)

  • ६ जेठ, २०७६

गत बैशाख २९ गते राजधानीको कमलादी स्थित राष्ट्रिय प्रज्ञा प्रतिस्थान भवनमा केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालीको आयोजनामा सम्पन्न भएको

जताततै हाउसफुल चलचित्र " बिरबिक्रम २ " (भिडियो सहित )

  • ४ जेठ, २०७६

हिजो शुक्रबार जेस्ठ ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र " बिर बिक्रम २ " यतिबेला भब्यताकासाथ प्रदर्शन भैरहेको छ । दर्शक श्रोताहरुको मन जित्दै

हत्या भएको अञ्जनाको श्रीमान प्रज्ज्वल महत बोले हत्याबारे... (भिडियो सहित )

  • २ जेठ, २०७६

अहिले ललितपुर महानगरपालिकाको ढोलाहिटीमा भएको जेठाजुद्वारा बुहारीको हत्या प्रकरण निकै चर्चामा रहेको छ। यो प्रकरण मिडिया देखि सामाजिक संजाल सम्म