मोरङको सुन्दरहरैचामा मिस सुन्दरहरैचा पुर्वाञ्चल हुने भएको छ ।


मोरङको सुन्दरहरैचा नगरपालिकामा फागुन २० गते देखि मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ हुने भएको छ । ग्रुप फोर इस्ट्रनद्वारा आयोजना गरिने उक्त प्रतियोगिता यही फागुन २०, २१ र २२ गते अडिसन भई चैत १५ गते फाइनल अडिसन सुन्दरहरैचा स्थित इन्द्रपुर जेसिजको सभाहलमा हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । करिब २० लाख ८० हजार अनुमानित लागतमा शुरु हुने उक्त प्रतियोगिता पुर्वाञ्चल स्तरिय भनिए पनि १ नं प्रदेस भरिका युवतीहरुले सहभागी जनाउन सक्ने सुन्दरहरैचा नगरपालिका स्थित हवना होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सस्थाका निर्देशक उपेन्द्र बजगाईले जानकारी गराए । उक्त प्रतियोगिताको अडिसन भने आयोजकले तोकेको मितिमा दमक, विराटनगर, विर्तामोड, दमक, इटहरी, धरान, विराटचौक र धनकुटामा हुने सस्थाका प्रमुख निर्देशक सागर लुइटेलले बताए ।

कार्यकममा सहभागी मध्ये मिस सुन्दरहरैचा पुर्वाञ्चल २०१९ लाई एउटा स्कुटी, मिस फस्ट राउण्ड अफलाई नगद रु ७५ हजार मिस सेकेन्ड राउन्ड अफलाई नगद रु ३५ हजार आयोजकले राखेको छ भने आयोजकले मिस ट्यालेन्ट, मिस डिसिप्लेन, बेस्ट हेयर एण्ड स्टाइल, मिस फोटो जेनिस, मिस क्याट्वक, मिस फ्रेण्डसिप, मिस पपुलर जस्ता विभिन्न ७ विधामा ७ जनालाई करिब १५ हजार मुल्य बराबरको हवाई मोबाइल प्रदन गरिने सस्थाका निर्देशक विजय लिम्बुले बताए ।

                        

गाउँ घरमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउने साथै सामाजिक क्षेत्रमा युवा युवतीहरुलाई अग्रसर गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गनै लागिएको कार्यक्रमका निर्देशक विनोद भट्टराईले बताए । भट्टराईले उक्त प्रतियोगिता गरेर बचेको सम्पुर्ण रकम सामाजिक क्षेत्रमा खर्च गरिने जसमा विशेष प्राथमिकता विभिन्न पिछाडिएका विद्यालय, तथा वर्गहरुमा खर्च गरिने बताए । उक्त प्रतियोगितामा सहभागी जनाउन कम्तिमा १८ वर्ष देखि २४ वर्षको हुनुपर्ने जसमा प्रतियोगीको उचाई भने ५.२ फिट हुनु पर्ने छ भने कम्तिमा शैक्षिक योग्यता भने एसएलसी पास हुनु पर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उक्त प्रतियोगितामा १ नं प्रदेश भरिका करिब चारसय भन्दा बढी युवतीहरुले सहभागी जनाउने र उक्त प्रतियोगितामा करिब १५ सय भन्दा बढी दर्शको उपस्थिती हुने अनुमान गरिएको प्रतियोगिताको प्रमुख सल्लहकार यादव पौडेलले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गीतकार अग्निप्रसादको ‘सिटिजन युके’ सार्वजनिक

  • १० जेठ, २०७६

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा रहेको रेडियो बिएफबीएसमा शुक्रबार एक कार्यक्रमकाबीच गीतकार

चलचित्र पत्रकार संघको स्थापना दिवस तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार–२०७५ सम्पन्न

  • ८ जेठ, २०७६

चलचित्र पत्रकार संघको २० औ स्थापना दिवस मनाईएको छ  । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र पत्रकार संघको २० औ बार्षिकउत्सब मनाउनुको साथै यस पटकको

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक ।

  • ५ जेठ, २०७६

विश्व कीर्तिमान कायम गर्ने गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम सार्वजनिक गरिएको छ । नेपाली गीति साहित्य विधामा एकै